नियम ४
ऋणपत्र निष्काशन गर्ने कार्यविधि
(१) नेपाल सरकारले ऋणपत्र निष्काशन गरी आन्तरिक ऋण उठाउन आवश्यक देखेमा त्यसरी उठाइने कुल ऋण रकम, ऋणपत्रको सावा
भुक्तानी अवधि, ब्याजदर, ब्याज भुक्तानी अवधि र सो सम्बन्धी अन्य आवश्यक शर्तहरु समेत तोकी त्यस्तो ऋणपत्र बिक्री गर्ने प्रयोजनको लागि निष्काशन गर्न बैङ्कलाई स्वीकृति दिएमा बैङ्कले आवश्यकता अनुसार सूचना प्रकाशन वा प्रसारण गरी त्यस्तो ऋणपत्र निष्काशन गर्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना प्रकाशन वा प्रसारण भएपछि ऋणपत्र खरीद गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सो सूचनामा तोकिएको अवधिभित्र आफूले खरीद गर्न चाहेको ऋणपत्रको रकम बुझाएको बैङ्क भौचर संलग्न राखी अनुसूची–१३ बमोजिमको ढाचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(३) ऋणपत्र निष्काशन सम्बन्धी अन्य कार्यविधि समितिको सिफारिसमा समय समयमा बैङ्कले तोके बमोजिम हुनेछ ।